Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल नतिजामुखि हुनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल वबना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।‘हामी संग विज्ञहरुको खाँचो छैन , लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय संग छ । तथापी नतिजा आउन सकिरहेको छैन । चार्टले प्रगति देखाउन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने ।

उनले भने, ‘कृषिमा लागेकालाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ’ मन्त्री अधिकारीले भने । कानुनी अवरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढि क्रियाशिलता देखाए मात्र कृषि क्षेत्रमा लिइएका लक्ष्य पुरा हुने उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit