Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी
विज्ञापन
Advertisement

काठमाडाैं । नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त रहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बन्नुभएको हो । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् ।

‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रू तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ’, विष्टले भने । जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक छन् उनले दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा हुन्छन् । तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेकाे भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थलेका छन् । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।

अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उनले गत वर्ष सबै खर्च कटाएर रू ३० लाख बचत गरेका थिए । उनले यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन् । विष्टले हाल स्ट्रेबरी मात्र  लगाएका छन्, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरेका छन् । उनले व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको बताए । ‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन’, उनले गुनासो गरे ।

विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन् । उनले भने अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु ।’ साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहेका सुनाए । उनले अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।

विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएका छन् । जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उनले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरूवा रोप्नुभएको हो । उनले भने ‘स्ट्रबेरीको बिरूवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरूवा उत्पादन थालेको छु ।’ उनले भने चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए। उनले गत वर्ष ४० हजार बिरूवा उत्पादन गरी केही बिक्री गरेका थिए ।

दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उहाँले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उनले भने खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् । विष्ट भने ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उनले यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु ।’

विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । विष्टले भने ‘देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्‍याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरूवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु । प्रतिबिरूवा रू २५ देखि रू ३० सम्ममा बिक्री हुने गरेको विष्ट बताए ।

विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरू गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताउँछन् । ‘सुरूआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन’, भने उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit