Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 ७ महिनामा १०७ वटा आयोजना सम्पन्न, बेनी–अर्थुङ्गे–पात्लेखेत सडकको भौतिक प्रगती ८० प्रतिशत

 ७ महिनामा १०७ वटा आयोजना सम्पन्न, बेनी–अर्थुङ्गे–पात्लेखेत सडकको भौतिक प्रगती ८० प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा आयोजना सम्पन्न भएका छन् । यस्तै, चार वटा निर्माणाधीन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा नगरपालिका रहेको जनाएको छ ।

बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले २५ लाख बजेट विनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र ३० लाख ५० हजार बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताए।

बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको २० लाख १७ हजार सात सय छ र कालिपुल कृषि भवन निर्माणका लागि २६ लाख पचास हजारमा सम्झौता गरेका थिए । संघीय सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा तीन करोड रुपैयाँ बजेट विनियोजन भएको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर गौतमले बताए।

गत पुष १९ गते दुई करोड नौ लाखमा ठेक्का सम्झौता गरेको विवेक–दुप्चेश्वर–शुभम् जेभीले बेनी नगरपालिका–७ खानेपानी कार्यालय नजिकै सडकको प्रवेशबिन्दु, कुरिलाखर्कको रातो पहिरो, आँपरुखको घुम्ती र नेप्टेचौर स्थित बेनपा–९को वडा कार्यालय देखि गिठिनी हुदै पात्लेखेत तर्फ साँघुरो र अप्ठ्यारो ठाउँमा सुधारको काम अन्तिम चरणमा पुर्‍याएको हो ।

बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको सात वटा वडालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडक बेनी नगरपालिकाको सबै भन्दा ठूलो र धेरै बजेट भएको योजना हो । ६२ लाख ६७ हजार आठ सय ३८ मा ठेक्का सम्झौता भएको अर्थुङ्गे–पुलाचौर र ७५ लाख ९७ हजार चार सय ५२ मा ठेक्का सम्झौता भएको महारानीथान–छाप–डाँडाखेत सडकको २०/२० प्रतिशत भौतिक प्रगति भएको छ ।

एक करोड बजेट विनियोजन भएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामा गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो । ५९ लाख ८८ हजार एक सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पुर्वाधार निर्माणको आठ प्रतिशत प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले ४० लाख विशेष अनुदान उपलब्ध गराएको पशु वधशाला निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

३० लाख विनियोजन भएको गलेश्वर बजार सौन्दर्यीकरण योजनाको ठेक्का सम्झौताको चरणमा रहेको र ७२ लाख बजेट रहेको बेनी–पुलाचौर सडकको लागत अनुमान तयार गरेर ठेक्का आव्हानको प्रक्रियामा छ ।  २५ लाख विनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान र संघीय सरकारको ६० लाख विशेष अनुदान रहेको कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह र मलामी घर बनाउन ठेक्का आव्हानको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताए।

उनका अनुसार खुल्ला मञ्च खेलमैदानका लागि संघीय सरकारबाट विनियोजन भएको २० लाख उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । नमूना विद्यालय कार्यक्रम अन्तर्गत बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि विनियोजन भएको एक करोड बजेट योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको छ ।

१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट विनियोजन गरेका दुई सय ९९ वटा वडा स्तरीय योजना मध्य आर्थिक वर्षको सात महिनामा एक सय सात वटा सम्पन्न, ८५ वटा सम्झौता हुन बाँकी र एक सय सात वटा कार्यान्वयनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरूका लागि यस वर्ष १२ करोड ४३ लाख २५ हजार बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका २१ वटा योजना मध्य चार वटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन् । पाँच लाख सम्म बजेटका योजनाहरू वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit