Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भृकुटीमण्डपमा सुरु भयो १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा सुरु भयो १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी
विज्ञापन
Advertisement

काठमाडौं । भृकुटीमण्डपमा १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। आजदेखि सुरु भएको बिल्डकन मेला चार दिन (फागुन ११ गते) सम्म चल्ने छ । मेलामा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल राखिएका छन्। मेलाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरे ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।
उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो। अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरु रहनेछन्।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नवीनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिइएको छ। प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ।

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने अपेक्षा छ। प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ। साथै, निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था सार्थ आम नागरिकको बढीभन्दा बढी सहभागिता रहनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit