Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सात महिनामा झन्डै १० खर्ब रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब २७ अर्बको निर्यात

सात महिनामा झन्डै १० खर्ब रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब २७ अर्बको निर्यात
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त हुने रकम ४६.५० प्रतिशतले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार, गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पहिलो सात महिनामा ४६.५० प्रतिशतको सुधार भएको देखिएको छ ।

तथ्यांक अनुसार निर्यातसँगै आयात पनि १० प्रतिशतले बढेको छ । पछिल्लो सात महिनामा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको कार्यालयले जनाएको छ । समीक्षा अवधिमा आयात १० प्रतिशतले बढेको छ । गत वर्षको माघ मसान्तसम्म आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

गत वर्षको माघ मसान्तसम्मको तुलनामा व्यापार घाटा पनि बढेको छ । सात महिनाको अवधिमा व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अबधिमा व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । भन्सार विभागको तथ्यांक अनुसार नेपालको कुल वैदेशिक व्यापार तुलनात्मक रुपमा १३ प्रतिशतले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit