images images images
images images images
images
images
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन आजदेखि सुरु

images

काठमाडाैं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज, फागुन २२ गतेदेखि आफ्नो प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने घोषणा गरेको छ। यस आईपीओको पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिसकेपछि अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयरको आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। यसमध्ये १० प्रतिशत, अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारको श्रम स्वीकृती लिई बाँडफाँट गरिसकेको छ।

images
images

यसबाहेक, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई उपलब्ध गराइनेछ।

आईपीओका लागि न्यूनतम १० कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम मिति ननपुगेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ। कम्पनीको आईपीओको शेयर निष्काशन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरु र ‘मेरो शेयर’ सफ्टवेयरको माध्यमबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको क्रममा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

images
images

प्रतिक्रिया दिनुहोस्