images
images
images

शेयर बजारमा ४६ अंकको भारी पहिरो, १० अर्बको कारोबार

images
images

काठमाडाैं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४६.३३ अंकले  घटेर २ हजार ७७२.१० विन्दुमा आइपुगेको छ । यो दिन सुरुवातदेखि नै नेप्से सूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि उत्साहित भएको बजारमा निरन्तर घटेर २७ सयकै मनोवैज्ञानिक विन्दुमा फर्किएको हो । बजार २९ सय विन्दुबाट पुनः फर्किएको हो ।

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१५ कम्पनीको  २ करोड २७ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब माथिको कारोबार भएको हो । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट र्बैक, गार्डेन माइक्रो इन्स्योरेन्स,सिइडीबी होल्डिङको शेयर मूल्य ३० करोड रुपैयाँदेखि ५९ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

images
images

उच्च अंकले घटेको बजारमा गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्सको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एनआइविएल ग्रोथ फण्डको ३.९३ प्रतिशतले बढेको छ । यो दिन सर्वाधिक घट्ने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रसक्न,समाज लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य ७.२८ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्