काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी २ महिनासम्म काठमाडौंका विभिन्न क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिएको छ । हिजो आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा पुनः जारी भएको हो ।
निषेधाज्ञा लगाइएका स्थानहरुमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन । राष्ट्रपति भवन सितल निवास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति कार्यालय हरितगृह लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र र संसद भवन नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

















प्रतिक्रिया दिनुहोस्