Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रसिद्ध लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्रान्ड एम्बेसडर

प्रसिद्ध लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्रान्ड एम्बेसडर
विज्ञापन
Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर चयन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्की र कलाकार बद्री पंगेनी आज सम्झौता पत्रमा हस्ताक्षर गरे । सजिलो नेटले देशभरका नेपालीसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको उल्लेख गरेको छ ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत कार्कीले इन्टरनेट सेवा केवल प्रविधिमै सीमित नरहेर यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम बनेको बताए । उनले भने, ‘बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।’

लोकप्रिय गायक बद्री पंगेनीले संस्थासँग जोनि पाउँदा खुशी लागेको धारणा राखे । ‘इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग  बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु’ पंगेनीले भने ।

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनीसँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास कम्पनीको छ । कम्पनीले उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit