images images images
images images images
images
images
images

अराजक गतिविधि गर्नेलाई कारबाही गर : परिसंघ

images

काठमाडौं । नेपाल उद्योग परिसंघले निजी सम्पत्ति तथा संचारगृहमा तोडफोड, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै परिसंघले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई व्यापार–व्यवसाय, पेशा गर्न पाउने आम नागरिकको अधिकारलाई सुरक्षित बनाउन माग गरेको हो।

images
images

शुक्रबार राजावादी समर्थकद्वारा काठमाडौंका विभिन्न स्थानमा निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको परिसंघले बताएको छ। विभिन्न माग राखी आन्दोलन तथा प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा र व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय हुने परिसंघको विज्ञप्तिमा जनाएको छ ।

‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

राजावादीको शुक्रबारको प्रदर्शनका क्रममा उग्र बनेको भीडले मार्वल हाउस, कार्गोको कम्पाउण्ड, भाटभटेनीनजिक सरकारी गाडीमा तोडफोड र आगजनी गरेको थियो। यस्तै, कोटेश्वरको भाटभटेनीभित्र प्रवेश गरेको उत्त्तेजक भिडले मोबाइल, घडी, महंगा ब्रान्डका मादकपदार्थ, कपडा, फलफूल लगायतका वस्तु लुटपाट गरेका थिए। भिडले ढुंगा हानेर भवनमा क्षति पुर्याएका थिए भने पार्किङमा राखिएको निजी सवारीसाधन तोडफोड गरेका थिए । कोटेश्वरस्थित जडिबुटी उद्योग कम्पनीमा आगो लगाइदिएका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्