Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

बीमा प्राधिकरणका ५ निर्देशकको विभागीय जिम्मेवारी हेरफेर, कसले के पाए ?

बीमा प्राधिकरणका ५ निर्देशकको विभागीय जिम्मेवारी हेरफेर, कसले के पाए ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ पाँच जना निर्देशकहरूको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन् ।

नयाँ जिम्मेवारी अनुसार निर्देशक शम्भराज लामिछानेलाई कानून महाशाखाको जिम्मेवारी तोकिएको छ । यसैगरी, अर्का निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन महाशाखा, पुजन ढुङ्गेल अधिकारीलाई व्यवस्थापन महाशाखा, ध्रुव तिमल्सिनालाई अनुसन्धान महाशाखा, कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखा र निर्मल अधिकारीलाई बीमालेख महाशाखाको जिम्मेवारी तोकिएको छ।

सापकोटा यसअघि व्यवस्थापन विभाग र अधिकारी अनुसन्धान विभागमा कार्यरत थिए । नयाँ जिम्मेवारी पाएका निर्देशकहरूले आ–आफ्नो महाशाखाको नेतृत्व तत्कालै सम्हाल्ने गरी तयारी गरिएको छ।

आन्तरिक संरचनालाई सुदृढ बनाउँदै बीमा कम्पनीहरूको नियमन र सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी हेरफेर गरिएको प्राधिकरणले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit