images images images
images images images
images
images
images

कुलमान हटाएको विषयमा प्रधानमन्त्री ओलीले के दिए संसदमा जवाफ ?

images

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा स्पष्ट धारणा    संसदमा राखेका छन् छन्।

उनले सरकारले कुनै पनि कर्मचारीको सरुवा, जगेडा, स्पष्टिकरण माग वा पदमुक्त गर्ने निर्णय सामान्य प्रशासनिक प्रक्रिया अनुसार गर्ने गर्छ। कुलमान घिसिङको हटाइ सम्बन्धी निर्णय पनि सोही परिपाटी अनुसार भएको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीले भने, ‘कुनै पनि कर्मचारीले आफ्नो विभागीय मन्त्रीप्रति अपेक्षित सहयोग गरेन भने, चेन अफ कमाण्डले काम गर्दैन। मन्त्रीको निर्णय सही छ कि गलत, त्यसको परीक्षण सम्बन्धित निकायले गर्ने हो।

images
images

उनले यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै अहिलेको मुख्य प्राथमिकता संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन रहेको बताए। संसदमा उठेका अन्य विवादहरूको सन्दर्भमा उनले संवैधानिक प्रक्रियालाई सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्