images images images
images images images
images
images
images

उकालो लागेको सुनको मूल्यमा ब्रेक, एकैदिन १९ सयको गिरावट

images

काठमाडाैं । निरन्तर उकालो लागेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आइतबार भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

images
images

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ४३ रुपैयाँ कायम भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्