Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

स्थानान्तरणमा छुटेका नागरिकलाई सरकारले भन्यो–दशरथ रंगशालामा गएर दिएको सुविधा लिनु

स्थानान्तरणमा छुटेका नागरिकलाई सरकारले भन्यो–दशरथ रंगशालामा गएर दिएको सुविधा लिनु
विज्ञापन
Advertisement

काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै स्थानान्तरणका क्रममा रहेका तर हालसम्म प्रक्रियामा नसमेटिएका वा सडकमा अलपत्र परेका सुकुम्बासी नागरिकहरूलाई सरकारले तोकेको स्थानमा उपस्थित हुन आग्रह गरेको हो।

मन्त्रालयले वास्तविक भूमिहीनहरूलाई राहत दिन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरेको छ ।

सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको जनाएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराईएको उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit