images images images
images images images
images
images
images

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्न ट्रम्प तयार

images

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही साता अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्ने बताएका छन् ।

ट्रम्पले आउने शनिबार अमेरिकाले इरानसँग उच्च स्तरीय वार्ता गर्न गइरहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा बताएका हुन् ।

images
images

सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौता हुनेमा आफू आशावादी रहेको बताए । यदी इरानले वार्ता गर्न नचाहेमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी समेत ट्रम्पले दिएका छन् । “यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठूलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन”, उनले भने ।

तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू भएको उल्लेख छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् । “यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेखेका छन्, “बल अमेरिकाको कोर्टमा छ ।”

यसैबीच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताए । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।

“हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठूलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ”, अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भने । ट्रम्पले वार्ता कहाँ हुने बताएका छैनन् तर, यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’ मा वार्ता हुनेमा जोड दिएका छन् । इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो ।

यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मंगलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् ।

नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो । इजरायली प्रधानमन्त्रीले दुई देशबीचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोधहरू’ पनि कम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्