Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान

जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
विज्ञापन
Advertisement

दमौली (तनहुँ) । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने “सुरुङमार्फत आउने पानीले रोटरलाई हिर्काउँछ र रोटर घुमेर विद्युत् उत्पादन हुन्छ । विद्युत्गृहभित्रको काम अन्तिम चरणमा पुगेको छ । अब विद्युत्गृह सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।”

जलविद्युत् आयोजनाको तीन चरणमा काम भइरहेको छ । भण्डारीका अनुसार चरण–१ अन्तर्गत बाँध निर्माणमा ३६.१५ प्रतिशत र चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको छ । चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा काम प्रभावित भएको आयोजनाका प्रमुख भण्डारीले बताए । त्यसका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापनलगायतमा कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आयोजना कार्यालयले जनाएको छ ।

उक्त रकम एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल् विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit