Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एक अर्ब २० करोड लागतमा रेलेखोला जलविद्युत आयोजना निर्माण

एक अर्ब २० करोड लागतमा रेलेखोला जलविद्युत आयोजना निर्माण
प्रतिनिधिमूलक तस्बिर ।
विज्ञापन
Advertisement

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ । आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, “बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परिक्षण थालिएको छ, भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”

निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।

रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स.२०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताए ।

एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको वडा सदस्य श्याम पुर्जाले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit