Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले आज नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ । हज यात्रामा जाने नेपाली तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी महासंघले सो सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका कोषाध्यक्ष भरतराज आचार्य तथा महासंघ कार्यकारिणी सदस्य सदस्य जमशेर मियाँले हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँ तथा हज समितिका सदस्य सचिव झंकनाथ ढकाललाई महासंघ सचिवालय टेकु काठमाडौंमा औषधीजन्य सामग्री हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका सामग्रीमा आधारभूत औषधि, प्राथमिक उपचारका सामग्री र अन्य स्वास्थ्य सम्बन्धी आवश्यक वस्तुहरू समावेश छन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष आचार्यले हज यात्रा एक पवित्र धार्मिक कार्य भएको र तीर्थयात्रीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै महासंघले औषधीजन्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

यस्ता सहयोगले उनीहरूको यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कोषाध्यक्ष आचार्यले बताए । हज समितिका कार्यवाहक अध्यक्ष जबल मियाँले महासंघको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले तीर्थयात्रीहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले महासंघको सहयोगले तीर्थयात्रीहरूलाई हज यात्रामा थप आत्मविश्वास प्रदान गर्ने धारणा राखे। यसैबीच हज यात्रामा सहभागी हुन जान लाग्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य जमशेर मियाँलाई महासंघमा विदाई गरिएको थियो । नेपालबाट प्रत्येक वर्ष सयौं मुस्लिम तीर्थयात्रीहरू हजका लागि साउदी अरब जाने गर्छन् । यो वर्ष नेपालबाट १ हजार एक सय ७१ जना हजयात्रीहरु सहभागी हुने सदस्य सचिव ढकालले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit