काठमाडौं । नेपालमा टिभीएस दुईपाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलाु आयोजना गर्ने भएको छ।
यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यो मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन्। कम्पनीले यस अवसरलाई सवारी अद्यावधिक गर्ने मात्र नभई रमाइलो अनुभवसमेत बनाउने उद्देश्य राखेको छ।
मेला सुरु हुनु अघि, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि(बुकिङ गर्ने ग्राहकले पाँच हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्न सक्नेछन्। मेला अवधिभर पुराना सवारीको न्यूनतम मूल्याङ्कन तीस हजार रुपैयाँसम्म गरिनेछ भने, पचासभन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले मूल्याङ्कनलाई प्रतिस्पर्धी र पारदर्शी बनाउनेछ।
ग्राहकले नगद छुट, थप मूल्यांकन तथा शून्य प्रतिशत ब्याजदरमा सवारी किन्न सक्ने सुविधा पनि मेलामा उपलब्ध हुनेछ। नयाँ सवारी किन्ने हरेक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोटजस्ता उपयोगी सामग्री निःशुल्क उपहारस्वरूप प्रदान गरिनेछ।
यो मेला केवल एक्सचेञ्ज र अफरमा सीमित नरही, सम्पूर्ण परिवारका लागि मनोरञ्जनको आकर्षक केन्द्र पनि बन्नेछ। आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, खेलकुद गतिविधि, सौन्दर्य सामग्री प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष मनोरञ्जन क्षेत्रको मजा लिन सक्नेछन्।
जगदम्बा मोटर्सले सबै सवारीप्रेमी तथा सम्भावित ग्राहकहरूलाई मेलामा उपस्थित भई आफ्ना पुराना सवारी अद्यावधिक गर्ने, आकर्षक अफरको लाभ उठाउने र रमाइलो वातावरणको अनुभव लिन हार्दिक आमन्त्रण गरेको छ।

















प्रतिक्रिया दिनुहोस्