images images images
images images images
images
images
images

उपप्रमुख डंगोल र विश्व बैंकका प्रतिनिधिबीच सम्भावित मनसुनजन्य विपद तयारीबारे छलफल

images

काठमाडौं । विश्व बैंकका प्रतिनिधिले काठमाडौं महानगरपालिका उप– प्रमुख सुनिता डंगोलसँग सहरी विकास र सम्भावित जोखिमबारे छलफल गरेका छन् ।
आज भएको छलफलमा गत असोजमा वर्षाले काठमाडौंसहित उपत्यकामा सिर्जना गरेको बाढीजन्य विपदको कहिल्यै सामना गर्नु नपर्ने गरी आवश्यक तयारीमा महानगर जुट्नुपर्नेमा उपप्रमुख डंगोलले जोड दिइन ।

आज विश्व बैंकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘पूर्व तयारीका काम तत्काल थाल्नुपर्छ । तथ्य संकलन र मूल कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्छ । यो सहरी विकासका लामो चरणले सिर्जना गरेको अवस्था हो । साझेदारहरुसँग समन्वय र सहकार्य गरेर विगतमा भएको त्रुटि सच्याउँदै जानुपर्छ ।’ उनले गत असोजको विपदबाट सिकेर आवश्यक पूर्व तयारी गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘काठमाडौंका नदीमा यो तहमा पानीको बहाव मेरो पुस्ताले देखेको थिएन । यस्तो खालको समस्या भोग्नु परेको थिएन । त्यो दुखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालको विपद् भोग्नु नपरोस् ।’

images
images

यस्तै उनले महानगरले सहरी विकास गर्न नदी सुधार गुरुयोजना तयार पारिरहेको जानकरी गराइन । ‘सहरी विकासका सवालमा प्रश्नहरु छन् । चुनौतीहरु छन् । समाधानका उपाय छन् । यी सवै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ’, डंगोलले भनिन् । बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरुले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरहरुभन्दा फरक छ ।’
छलफलमा वल्र्ड बैंङ्कको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले भनिन्, ‘काठमाडौं महानगरपालिकाले विकास निर्माण र विकास व्यवस्थापनका साझेदार तथा सरोकारवालालाई एउटै ठाउँमा ल्याउन सक्ने क्षमता राख्छ । महानगरपालिकाको यो क्षमतालाई उपयोग गरेर सहरलाई विपदको खतराबाट बचाउन सकिन्छ ।’

सहरमा फैलिने डेङ्गी संक्रमणको अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले यस्ता संक्रमण फैलन नदिन सजगता अपनाउनुपर्नेमा जोड दिइन । उनले भनिन्, ‘डेङ्गी फैलिनु भनेको बर्खाको पानीको उचित व्यवस्थापन गर्न सकिएको छैन भन्ने हो । हेर्दा सामान्य जस्तो लागे पनि यसले सहरको अर्थतन्त्र, जनस्वास्थ्य, वातावरण र सामाजिकताको चक्रमा गहिरो नकारात्मक प्रभाव राख्छ । यसलाई घटाउन पनि बर्खाको पानी व्यवस्थापन प्रणाली बनाउनुपर्छ ।’

छलफलमा बर्खाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याहरुका बारेमा चर्चा गर्दै, घरेलु फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली र नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्ध लगायत पक्षबाट जोखिम न्यूनीकरणका सम्भावनामा कुरा भएको थियो । नदीको प्राकृतिक बहाव, मानवीय क्रियाकलापले सतहको पानी तथा ढलको पानी निकासमा पार्ने प्रभाव र यस्ता प्रभावले समग्र सहरको स्थितिमा ल्याउने असरको पूर्वानुमान गरेर तयारीका काम थाल्नु पर्नेमा बैठकका अधिकारीहरुको जोड दिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्