Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

९ महिनामै रिलायन्सको नाफा पौने २७ करोड, नेटवर्थ झन्डै ५०० रुपैयाँ

९ महिनामै रिलायन्सको नाफा पौने २७ करोड, नेटवर्थ झन्डै ५०० रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । बुक बिल्डिङ विधिबाट हालै आईपीओ जारी गरेको नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक निष्कासनपछि पनि कम्पनीको वित्तीय अवस्था सबल देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नाफा र व्यापारको स्थिति 
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा रिलायन्सले ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यस अवधिमा कम्पनीले २६ करोड ६९ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको सञ्चालन नाफा (नाफा मार्जिन) ५३ करोड ४९ लाख ८८ हजार रूपैयाँ रहेको उल्लेख छ । अर्थात् कम्पनीको नाफा मार्जिन कुल व्यापारको ७.२ प्रतिशत रहँदा करपछिको नाफा (खुद नाफा) ३.६ प्रतिशत रहेको छ । कम्पनीले सो अवधिमा ४ करोड ७० लाख ९५ हजार रुपैयाँ आयकर भुक्तानी गरेको जनाएको छ । कम्पनीले ९ महिनामै साढे ७ अर्बको व्यापार गर्नुले बजारमा यसको बलियो पकड र प्रतिकूल अवस्थामा पनि टिक्न सक्ने ‘सर्भाइभल क्यापासिटी’ देखाएको छ।

प्रतिसेयर सूचक र नेटवर्थ ?
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीका मुख्य सूचकहरूको अवस्था मध्यम देखिएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ : ४९७.३७ रुपैयाँ पुगेको छ । उत्पादनमूलक कम्पनीहरूमा प्रायः नगद प्रवाहको समस्या देखिने गरे पनि रिलायन्सको तरलता अनुपात २ रहेको छ। यसको अर्थ कम्पनीसँग आफ्नो अल्पकालीन दायित्व भुक्तानी गर्न सक्ने क्षमता आवश्यकता भन्दा दोब्बर रहेको बुझिन्छ।

पुँजीगत संरचना र जगेडा कोष
रिलायन्सको वित्तीय आधार पनि राम्रो देखिएको छ। कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँ रहँदा जगेडा कोषमा ७ अर्ब ५५ करोड रुपैयाँ पुगेको उल्लेख छ। यो चुक्तापुँजीको तुलनामा झन्डै ४ गुणा बढी रकम हो। हाल कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कम्पनीको कुल ऋण २ अर्ब ५५ करोड रुपैयाँ (दीर्घकालीन १.९५ अर्ब र अल्पकालीन ६०.२७ करोड) रहेको छ ।

नेपालमा आईपीओ जारी गरेलगत्तै धेरै कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिने प्रवृत्ति रहे पनि रिलायन्सको भने भिन्न अर्थात् आर्थिक रूपमा सुरक्षित कम्पनीको रुपमा रहेको सार्वजनिक वित्तीय विवरणहरुले देखाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit