काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तर्गत वस्तुगततर्फको उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। निकै रोचक प्रतिस्पर्धा देखिएको उक्त निर्वाचनमा श्रेष्ठले आफ्ना निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई जम्मा ३ मतको अन्तरले पराजित गरेका हुन्।
विजयी श्रेष्ठले ६३ मत प्राप्त गरेका छन् भने घिमिरेले ६० मत ल्याए । श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट चुनावी प्रतिष्पर्धामा थिए। विगत तीन दशकदेखि नेपालको निर्यात व्यवसायमा सक्रिय श्रेष्ठ महासंघभित्र अनुभवी र प्रभावशाली व्यक्तित्व मानिन्छन्। उनी महासंघको निर्यात प्रवर्द्धन समितिका पूर्व सभापति तथा सह–सभापति हुन्। निर्यात व्यवसायका अतिरिक्त हस्पिटालिटी र जलविद्युत् लगायतका एक दर्जनभन्दा बढी कम्पनीहरूमा उनको लगानी रहेको छ।
यसैबीच, वस्तुगततर्फको कार्यकारिणी सदस्यहरूको निर्वाचन परिणाम पनि सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, भक्तबहादुर हमाल,पशुपतिदेव पाण्डे, नानिराज घिमिरे, संघर्ष विष्ट र होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ सुनिता नेहाफुकी अनुमोदित भइन् । यस्तै, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०–५० मत प्राप्त गरेका कारण उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल र ३ जना विजयीको नाम निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्