images images images
images images images
images
images
images

शौर्य सिमेन्टको सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवन उद्घाटन, शैक्षिक सामग्री हस्तान्तरण

images

कटारी ।शौर्य सिमेन्ट उद्योग लिमिटेडको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेमा निर्माण सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

श्री सरस्वती विद्यालय भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्र सशक्त बनाउन निजी क्षेत्रबाट भइरहेको यस्तो पहल सराहनीय भएको बताए। उनले विद्यालयको भौतिक संरचना निर्माणमा शौर्य सिमेन्टको योगदानप्रति आभार व्यक्त गर्दै अब गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र समुदायको समान योगदान आवश्यक रहेको उल्लेख गरे।

images
images

शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याइरहेको जानकारी दिए। ‘देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ,’ उनले भने। साथै, निर्माण क्षेत्रमा देखिने सम्भावित असर न्यूनीकरण गर्न कम्पनीले इन्जिनियरहरूको टोली परिचालन गरेर अध्ययन गरिरहेको पनि बताए।

कार्यक्रममा वडा नं। ७ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति कम्पनी सजग रहनुपर्ने सुझाव दिए।

विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले शौर्य सिमेन्टले २०५६ सालदेखि निरन्तर रूपमा विद्यालयलाई सहयोग गर्दै आएको उल्लेख गर्दै शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगको कदर गर्दै आभार व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिनुका साथै सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।

सोही दिन कटारी–८ मा निर्माण सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र भवनको पनि उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले सेवा विस्तारसँगै स्वास्थ्य केन्द्र संचालनमा आउने जानकारी दिए।

उद्घाटन समारोहमा नगरप्रमुख श्रेष्ठले यो केन्द्रले स्थानिय जनताको स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। वडा नं. ८ का वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने उल्लेख गर्दै एम्बुलेन्सको आवश्यकता रहेको पनि बताए।

शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक क्षेत्रमा निरन्तर सहकार्य र योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसबाट समुदायका थप व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्