Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

उचित तलब र सम्मानको अभावले बढ्दैछ् वैदेशिक पलायन

उचित तलब र सम्मानको अभावले बढ्दैछ् वैदेशिक पलायन
विज्ञापन
Advertisement

काठमाडाैं । स्वदेशमै श्रमको उचित मूल्य र सम्मान नपाउँदा नेपाली युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भइरहेका छन्। पछिल्लो एक महिनामात्रै ६२ हजार २६५ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देशभित्र रोजगारीको अवस्था चुनौतीपूर्ण रहेको देखाउँछ।

विज्ञापन
Advertisement
Advertisement

दुबई जान लागेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशालले स्वदेशमै काम गर्ने चाहना हुँदाहुँदै पनि उचित पारिश्रमिक र समयमा तलब नपाउँदा विदेशिन बाध्य भएको बताएका छन्। काठमाडौंमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरेका उनी भन्छन्, ‘परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेश जान लागेको हुँ।’

धनकुटाका गुञ्जन तामाङ पनि यस्तै समस्याबाट गुज्रिएका छन्। मनोरञ्जन क्षेत्रमा नौ महिनादेखि काम गर्दै आएका उनले तलब नपाउने र अपमानजनक व्यवहार सहनुपर्दा बारम्बार काम परिवर्तन गर्नुपरेको गुनासो गरेका छन् । उनी भन्छन्, ‘तलबै नदिएपछि के बसिरहनु, यहाँ साहु, ग्राहकदेखि छिमेकीसम्मले अपमान गर्छन्।’ रोजगारको स्थायित्व नहुँदा उनले पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाइसकेका छन्।

श्रम अधिकारकर्मी नवीन कुमारका अनुसार स्वदेशमा श्रमको उचित सम्मान नहुँदा युवाहरू विदेशिन बाध्य भइरहेका छन्। जिफन्टको अध्ययनअनुसार नेपालमा एक करोड ३० लाखभन्दा बढी श्रमिक भए पनि उनीहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षा अझै व्यवस्थित हुन सकेको छैन। उनी भन्छन्, ‘न्यूनतम ज्याला नपाउने र समान ज्यालाको अभावले युवामा वितृष्णा बढ्दै गएको छ, जसले विदेश पलायनलाई बढावा दिएको छ।’

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार नेपालमा युवा बेरोजगार दर १२.७ प्रतिशत रहेको छ। १५ देखि २५ वर्ष उमेर समूहमा बेरोजगारी अझ बढी छ भने श्रम बजारमा सहभागी दर मात्र ३७.५ प्रतिशत रहेको छ।

संविधानको धारा २३ ले रोजगारीको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी भए पनि सरकारले पाँच वर्षभित्र बाध्यतावश वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा कार्यान्वयन गर्न सकेको छैन। यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ वैशाखदेखि ‘श्रम संसार प्रणाली’ नामक डिजिटल एप सञ्चालनमा ल्याएको छ। उक्त एपमा ९६ हजार ९७३ जनाले रोजगारी खोजेका भए पनि रोजगारी पाउने संख्या भने नौ जनामात्र देखिएको छ।

मन्त्रालयका इन्जिनियर इन्द्रनारायण यादवका अनुसार एपमार्फत जागिर पाएपछि अभिलेख अद्यावधिक नगर्ने प्रवृत्तिका कारण तथ्याङ्क कम देखिएको हो। उनी भन्छन्, ‘रोजगारको अभाव छैन, खोजी गर्न सके श्रम संसार प्रणालीले सहज बनाएको छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit