Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तजबिजी खर्च बढाउन उद्त देखियो सरकार, अबण्डा शीर्षकमा ७८ अर्ब ३५ करोड बजेट विनियोजन

तजबिजी खर्च बढाउन उद्त देखियो सरकार, अबण्डा शीर्षकमा ७८ अर्ब ३५ करोड बजेट विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ विविध अर्थात् अबण्डा शीर्षकमा ७८ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय संसदको संयुक्त बैठकमा आज पेस भएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार कुल विनियोजित रकमको करिब चार प्रतिशत रकम अबण्डा राखिएको हो ।

आगामी आर्थिक वर्षका लागि अर्थ विविध शीर्षकमा राखिएको ७८ अर्ब ३५ करोड ४३ लाख बराबर बजेटको स्रोतका रुपमा आन्तरिक र बाह्य ऋणलाई देखाइएको छ । जसमध्ये आन्तरिक ऋणबाट ७१ अर्ब २६ करोड ११ लाख र बाह्य ऋण बाट सात अर्ब नौ करोड ३२ लाख रुपैयाँ बराबर स्रोत व्यहोरिने बजेटमा उल्लेख छ ।

कुनै योजना तथा कार्यक्रम नखुलाईकन ठूलो रकम बजेटमा राख्दा वित्तीय अनुशासन पालना हुन नसक्ने र तजबिजी खर्च बढ्ने भन्दै महालेखापरीक्षकको कार्यालयले समेत हरेक वर्ष समस्या औंल्याउँदै आएको छ । तर पनि सरकारले अबण्डा शीर्षकमा ठूलो रकम राख्ने परिपाटी हटाउन सकेको देखिँदैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit