Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेटबारे अर्थमन्त्रीको प्रतिक्रिया : बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ

बजेटबारे अर्थमन्त्रीको प्रतिक्रिया : बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ
आर्थिक सर्वेक्षण पेस काठमाडौँ, १५ जेठः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस
विज्ञापन
Advertisement

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने ,‘विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।‘

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सिमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।

‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ ।स्टार्टअफ, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ’,(अर्थमन्त्री पौडेलले भने। अर्थमन्त्री पौडेलले सबैपक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit