Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गण्डकी सरकारले राईड सेयरिङ नियमावली कार्यान्वयन स्थगित, आजबाट पूर्णरुपमा सार्वजनिक सवारी साधन चल्ने

गण्डकी सरकारले राईड सेयरिङ नियमावली कार्यान्वयन स्थगित, आजबाट पूर्णरुपमा सार्वजनिक सवारी साधन चल्ने
विज्ञापन
Advertisement

काठमाडाैं । सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण गण्डकी प्रदेशले राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली कार्यान्वयन स्थगित गरेको छ। मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले उक्त जानकारी दिएको हो। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भएपछि प्रदेश सरकार पछि हटेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन
Advertisement
Advertisement

यद्यपि यातायात व्यवसायीसँग छलफल गरेपछि फेरि नियमावलीको विषय आधिकारिक रूपमा अघि बढ्ने वा पूर्ण रूपमा स्थगित हुने टुंगो लाग्ने छ। जसका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु)लाई वार्ताको एक महिनाको समय दिएको छ। यय अघि पनि व्यवसायीसँग वार्ता गर्न खोजेपनि सफल नभएको प्रदेश सरकारले जनाएको छ।

‘पुन वार्ता आह्वान गरी सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश (राईड सेयरिङ )नियमन र व्यवस्थापन नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने निर्णय भएको ’ विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेशमा जेठ १६ र देशभरी १९ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन्। यातायात व्यवसायीहरूले संघको निर्देशन प्रदेशले कार्यान्वयन गरे आन्दोलन फिर्ता लिने घोषणा गर्दै आएका छन्। प्रदेश सरकारको यो निर्णयसँगै अब सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन्। स्थगन भएसँगै व्यवसायीहरुले आजबाट दुईदिनसम्म रोकिएको सवारीसाधन संचालनमा ल्याउने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit