Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

कालीमाटी तरकारी बजारमा कति छ हरियाे तरकारीकाे मूल्य ?

कालीमाटी तरकारी बजारमा कति छ हरियाे तरकारीकाे मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आजको मूल्यसूचीमा अधिकतम थोक मूल्य निर्धारण गरिएको छ, जुन व्यापारिक कारोबारमा सन्दर्भका रूपमा प्रयोग हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

आजको मूल्यअनुसार नेपाली ठूलो गोलभेंडा प्रतिकिलो ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेंडा ७९ रुपैयाँ, सानो लोकल गोलभेंडा ४० रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेंडा ५६ रुपैयाँ र भारतीय सानो गोलभेंडा ४८ रुपैयाँमा कारोबार भएको छ। रातो आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडे आलु ३९ रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ र लोकल गाजर ५८ रुपैयाँमा थोक कारोबार भइरहेको छ।

त्यस्तै, लोकल बन्दा १६ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, रातो मूला ३५, सेतो लोकल मूला २०, हाइब्रिड मूला २५, लाम्चो भन्टा २० र डल्लो भन्टा ३२ रुपैयाँमा उपलब्ध छन्। तने बोडी ४० र मकै बोडी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। मटरकोसा १५०, घिउ सिमी लोकल ४२, हाइब्रिड ३५ र राजमा १२० रुपैयाँ रहेको छ। भटमास कोसा १३०, तीतो करेला ४५, लौका ३०, लोकल परबर ५५, तराई परबर ५०, चिचिण्डो ३०, घिरौला ४२, झिगुनी ६०, पाकेको फर्सी ४५, हरियो लाम्चो फर्सी ३०, डल्लो फर्सी २५ र भिण्डी ५० रुपैयाँमा थोक बिक्री भइरहेको छ।

सखरखण्डको मूल्य ७५ रुपैयाँ, पिँडालु १२०, रायो साग ३२, पालुङ्गो साग ४०, हरियो प्याज ७५, कन्य च्याउ २००, डल्ले च्याउ ३२०, कुरिलो ३००, निगुरो ३०, ब्रोकाउली ७५, चुकुन्दर ७५, सजीवन १२०, रातो बन्दा ७५, जिरीको साग ८०, ग्याठकोभी ५५, सेलरी १२०, पार्सले ४००, सौफको साग १००, पुदिना ११०, गान्टेमूला ४०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँमा कारोबार भएको छ।

फलफूलतर्फ, झोले स्याउको थोक मूल्य प्रतिकिलो २५० रुपैयाँ, फुजी स्याउ ३००, केरा प्रतिदर्जन १५०, कागती २००, अनार ३५०, माल्द जातको आँप ६५, दशहरी आँप ७५, हरियो अङ्गुर २५०, कालो अङ्गुर ३५०, हरियो तरबुजा ४०, मौसम २००, जुनार २५०, भुइँकटहर प्रतिगोटा १८०, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १४, रुखकटहर ६५, भारतीय मेवा १००, लोकल लिची १४० र भारतीय लिची २२० रुपैयाँ तोकिएको छ।

अन्य उपजमा अदुवा ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ५०, बुलेट खुर्सानी ४५, माछे खुर्सानी ४०, अकबरे खुर्सानी ३००, भेडेखुर्सानी ८५, हरियो धनियाँ ४५, चाइनिज सुकेको लसुन २२०, नेपाली लसुन १८०, सुकेको छ्यापी २००, हरियो छ्यापी १२०, रहु जातको ताजा माछा ३३०, बचुवा माछा ३२०, छडी माछा २४०, राजा च्याउ ३०० र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

कालीमाटी बजार विकास समितिले दैनिक रुपमा तरकारी तथा फलफूलको मूल्य निर्धारण गर्दै उपभोक्ता र व्यवसायीलाई सुसूचित गराउँदै आएको छ। मूल्यमा उत्पादन, आपूर्ति र मागको अवस्था अनुसार दैनिक उतारचढाव हुने गर्दछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit