Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

पाँच करोड राजस्व सङ्कलन

पाँच करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit