काठमाडौं । नेपालमा सेरेस ब्रान्डबारे फैलिएको अनिश्चिततालाई चिर्दै, सेरेसले चाडै नै तीन नयाँ मोडेल सार्वजनिक गर्ने प्रस्ट पारेको छ ।
सेरेस ब्रान्डको नेपालस्थित आधिकारिक वितरक एमएडब्ल्यू अटोमोबाइल्सका अनुसार सेरेसको कारोबार नियमित रूपमा जारी छ र छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ।
‘एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी समेत भइरहेको छ। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्रको उपस्थितिलाई अझै मजबुत बनाएको छ’ कम्पनीले उल्लेख गरेको छ ।
नेपालको नम्बर १ अटोमोबाइल कम्पनीको रूपमा आफूलाई स्थापित गरिसकेको एमएडब्ल्यू अटोमोबाइल्सले सेरेस ग्राहकहरूको सेवा तथा सन्तुष्टिमा कुनै सम्झौता नगरिएको दाबी गरेको छ। हालसम्म देशभर ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भई संचालनमा छन्।
कम्पनीले देशभर फैलिएको सर्भिस सञ्जालमार्फत समयमै गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ। अहिले सेरेस गाडीहरू १२२ वटा चार्जिङ स्टेसनहरूको सञ्जालबाट सपोर्टेड छन्, जसले ईभी प्रयोगकर्तालाई देशभर सहज पावर एक्सेस सुनिश्चित गरेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्