Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ

गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ
विज्ञापन
Advertisement

रौतहट । रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गौर नगरपालिका–२ स्थित भन्सार ढाँटमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म र नेपाल प्रहरीको संयुक्त टोलीले दिउँसो १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोलाई चेकजाँच गरेको थियो । सो क्रममा चालकको सिटमुनि लुकाइछिपाई राखिएको अवस्थामा प्रतिबन्धित औषधि फेला परेको हो ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवा गाउँका २० वर्षीय अटो चालक मोहन पण्डित रहेका छन्। उनको साथबाट डाइजेपाम १०० पिस, प्रोमेथाजिन १०० पिस, बुप्रेनोर्फिन १०० पिस इन्जेक्सन र करिब ५ ग्राम गाँजा बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका डिएसपी प्रेमसागर विष्टका अनुसार पण्डितको साथबाट नेपाली ४९० रुपैयाँ, भारतीय १०० रुपैयाँ र एक थान एन्ड्रोइड मोबाइल समेत बरामद भएको छ । पक्राउ परेका पण्डितलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।
सीमा क्षेत्रबाट हुने लागुऔषध र अवैध सामान ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीले निगरानी कडा पारेको डिएसपी विष्टले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit