Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

प्रदेश सरकारहरूले आज सार्वजनिक गर्दैछन् आगामी आर्थिक वर्षको बजेट, कुन प्रदेशले कति बजेट?

प्रदेश सरकारहरूले आज सार्वजनिक गर्दैछन् आगामी आर्थिक वर्षको बजेट,  कुन प्रदेशले कति बजेट?
विज्ञापन
Advertisement

काठमाडौं । सातै प्रदेश सरकारहरूले आज असार १ गते, आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानको व्यवस्था अनुसार प्रदेशहरूले असार १ गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार आर्थिक मामिला मन्त्रीहरूले आज प्रदेशसभा बैठकमार्फत आय–व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश सरकारहरू बजेट प्रस्तुत गर्न अन्तिम तयारीमा जुटेका छन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरू आ–आफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो। यसपालि पनि त्यसै हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले भने यस वर्ष करिब ६८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष बागमती प्रदेशले ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक गरेको थियो। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिनेछ।

मधेश प्रदेशले गत वर्ष ४४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यस्तै, कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, र कर्णाली प्रदेशले पनि गत वर्ष समान्य आकारको बजेट सार्वजनिक गरेका थिए।

प्रदेश सरकारहरू अहिले आर्थिक मन्दी, संघीय सहयोग अभाव, र सीमित आन्तरिक स्रोतको चुनौतीबीच बजेट ल्याउन लागेका छन्। आगामी बजेटमा विकास खर्चको कार्यान्वयन, रोजगारी सिर्जना, र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit