Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

प्रतिनिधि सभा बैठक बस्दै,रास्वपाको विरोध कायमै

प्रतिनिधि सभा बैठक बस्दै,रास्वपाको विरोध कायमै
विज्ञापन
Advertisement

काठमाडाैं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ुपानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ। आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो। सहमतिपछि शुक्रबार नै गृहमन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोपबारे संसदमा स्पष्टीकरण दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अवरोध जारी रहने बताएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit