Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

इरानको जवाफी आक्रमणपछि ८ इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते

इरानको जवाफी आक्रमणपछि ८ इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते
विज्ञापन
Advertisement

एजेन्सि । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणबाट बालबालिकासहित ८ इजरायलीको मृत्यु भएको छ । आक्रमणमा परेका १३० भन्दा बढी घाइते भएको इजरायलको आपत्कालीन सेवाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो । मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको र करिब एक सय जना अन्य घाइते भएको मागेन डेभिड एडोम (एमडिए) का प्रवक्ताले जानकारी दिए । सफेला क्षेत्रमा अन्य ३७ जना घाइते भएका छन् ।

इजरायली प्रहरीले एक्समा एउटा पोस्टमार्फत तेल अभिव जिल्लाको मध्य तटमा भएको आक्रमणमा धेरै मानिस मारिएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ । शनिबार राति इजरायलको पश्चिमी ग्यालिली क्षेत्रमा भएको आक्रमणले तीन तले भवन ध्वस्त पारेपछि एमडिएले तीन महिलाको मृत्यु भएको जानकारी दिएको थियो । “दुई महिलालाई जीवनको कुनै लक्षणबिना उद्धार गरिएको थियो र उनीहरूको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो”, आपत्कालीन सेवाले एक विज्ञप्तिमा भनेको छ । तेस्रो महिलाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

 

आपत्कालीन सेवाले शनिबार हाइफा क्षेत्रको एउटा घरमा इरानी क्षेप्यास्त्र प्रहार भएको र २० वर्षीया एक महिलाको मृत्यु भएको पुष्टि गरेको छ । जसमा अन्य १४ जना घाइते भएको बताइएको छ । एमडिएका प्रवक्ताले इजरायली प्रसारणकर्ता च्यानल १२ लाई इरानले रातभर गरेको क्षेप्यास्त्र आक्रमणमा करिब दुई सय जना घाइते भएको बताएका छन्। शनिबार राति इजरायलले तेहरानमा आक्रमण गर्ने क्रममा इरानबाट फायर गरिएका मिसाइलहरूको ब्यारेजलाई रोक्न एकैसाथ काम गरिरहेको बताएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit