धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको सुनाएका कार्कीले मृत भाले हात्तीको उमेर ५ देखि ७ वर्ष हुनसक्ने बताए ।
हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्