Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उच्च अदालतद्वारा नगरप्रहरी प्रमुख राजु पाण्डेको निलम्बन फुकुवा

उच्च अदालतद्वारा नगरप्रहरी प्रमुख राजु पाण्डेको निलम्बन फुकुवा
विज्ञापन
Advertisement

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै रुपमा काम गर्न दिन आदेश दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जेठ २० गतेको निलम्बनको पत्र कार्यान्वयन नगर्न भनेको छ। अदालतले पाण्डेलाई निवेदनको टुङ्गो नलागेसम्म महानगर नगर प्रहरी प्रमुखको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

यसअघि महानगरका प्रमुख प्रशाशीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका थिए । निलम्बनविरुद्ध अदालत पुगेका पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अह्राएको काम गर्नुपर्ने तर्फ अदालतले ध्यानाकर्षण गराउँदै निलम्बन फुकुवा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit