Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसईई परीक्षार्थीका लागि आयोजित वेबसाइट प्रतियोगिता ९८१ सहभागीमध्ये २० उत्कृष्ट फाइनलमा, विजेता असार ९ मा घोषणा हुने

एसईई परीक्षार्थीका लागि आयोजित वेबसाइट प्रतियोगिता ९८१ सहभागीमध्ये २० उत्कृष्ट फाइनलमा, विजेता असार ९ मा घोषणा हुने
विज्ञापन
Advertisement

काठमाडौं । सूचना प्रविधिमा विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने उद्देश्यले लाइफ कम्प्युटरले आयोजना गरेको सातौँ संस्करणको वेबसाइट निर्माण प्रतियोगिता अन्तर्गत ९८१ जना सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ट २० जना फाइनलका लागि छानिएका छन्। प्रतियोगिता २०८१ सालमा एसईई दिएका विद्यार्थीहरूबीच सञ्चालन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

लाइफ कम्प्युटरकी प्रबन्धक निर्देशक लक्ष्मी खत्रीका अनुसार, कम्प्युटर शिक्षा अहिलेको लागि अपरिहार्य शिक्षा रहेको बताउँदै सामान्यदेखि एडभान्ससम्मका सबै कुराको ज्ञान दिने उनको भनाइ छ। प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूले युनिक कोडसहित प्राविधिक मार्गदर्शन, पब्लिक स्पिकिङ अभ्यास, करियर काउन्सलिङ, वेबसाइट निर्माणको आधारभूत तालिम र प्रोजेक्ट मूल्याङ्कनको प्रक्रिया अनुभव गरेका छन्। यसरी प्राप्त अनुभवले उनीहरूलाई शैक्षिक र व्यावसायिक भविष्यका लागि उत्प्रेरणा दिने अपेक्षा गरिएको छ।

२० उत्कृष्टमा पर्न सफल विद्यार्थीहरूमा लोरिसा शर्मा (शङ्करी स्कुल, स्वयम्भू), दिपेन्द्र आचार्य (कालीदेवी स्कुल, तारकेश्वर), नमराज श्रेष्ठ (पद्मोदय स्कुल, पद्मोदय मोड), प्रसन्न भट्ट (आइडियल मोडेल स्कुल, जाउलाखेल ललितपुर), उन्नव मानन्धर (सुरेसाइ स्कुल, ललितपुर), जस्मिन बज्राचार्य (प्रगति आदर्श स्कुल, ललितपुर), मुस्कान अधिकारी (सेन्ट मेरिज स्कुल, जाउलाखेल), निश्चल आले मगर (युनिभर्सल स्कुल, ललितपुर), सुशील खड्का (आदर्श सोल युवक स्कुल, ललितपुर), समीर कुमार (श्री पद्मा विद्यालय, ललितपुर), जोएल सारु मगर (एभरेष्ट इङ्लिस स्कुल), मिराक लामा (होली गार्डेन स्कुल, बालाजु), समिप भन्ताना (चिर्लेन्ड इन्टरनल एकेडेमी), आदेश भण्डारी (सुन्दरी सेकेन्डरी स्कुल, धादिङ), आदिक सापकोटा (टाईम्स सेकेन्डरी, लोल्याङ हाइट), करण न्यौपाने (अमृत सेकेन्डरी स्कुल), मिशेल राई (चिर्लेन्ड इन्टरनल एकेडेमी), सबिर महर्जन (रिपुमर्दनी सैनिक स्कुल, बाँसबारी) सजल लामिछाने तरुण माध्यमिक विद्यालय, बालाजु) र शिशिर पौडेल (श्री रुद्रापुरी स्कुल, बुटवल) रहेका छन्।

फाइनल कार्यक्रम २०८२ असार ९ गते (आईतबार), दिउँसो १ बजे राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिनेछ। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहने तय भएको छ। फाइनल कार्यक्रममा उत्कृष्ट १० विद्यार्थी घोषणा गरिनेछ र मुख्य विजेतालाई ल्यापटप, ट्रफी, प्रमाणपत्र लगायतका प्रविधि सामग्री प्रदान गरिनेछ।

कार्यक्रम संयोजक खत्रीले बताइन्, ‘हामी विद्यार्थीहरूलाई किताबको सीमाभन्दा बाहिर लैजाने प्रयासमा छौँ। वेबसाइट निर्माण, प्रस्तुति कला, पब्लिक स्पिकिङ, करियर मार्गदर्शन जस्ता तत्वहरूमार्फत उनीहरूको वास्तविक क्षमता उजागर गर्न यो कार्यक्रम प्रभावकारी हुँदै गएको छ।

यसअघि सम्पन्न छैटौँ संस्करणमा कूल १,१०२ जना विद्यार्थी सहभागी भएका थिए। फाइनल चरणमा हिमालयन एकेडेमी, सामाखुसीका योगेश स्माली विजेता घोषित भएका थिए। यस वर्ष पनि राष्ट्रियस्तरमा फाइनल हुने यो कार्यक्रमले आगामी दिनमा अझ प्रविधिक अभिवृत्ति भएका नयाँ पुस्ता तयार पार्ने आशा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit