Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षामन्त्री र चिनियाँ राजदूतबीच भेट: छात्रवृत्ति र शैक्षिक परियोजनालाई तीव्रता दिनेबारे छलफल

शिक्षामन्त्री र चिनियाँ राजदूतबीच भेट: छात्रवृत्ति र शैक्षिक परियोजनालाई तीव्रता दिनेबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

भेटका क्रममा नेपालको शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद क्षेत्रको विकासमा चीन सरकारको सहयोग र भावी सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । उनीहरुबीच विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, नेपाल–चीनबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर पनि छलफल भएको छ।

भेटमा सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका छन् । साथै, उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाटप्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।

चिनियाँ राजदूत माओमिङले मन्त्रीले राखेको विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुईदेशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको मन्त्रीको सचिवालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit