Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

धान रोपाइँमा सुदूरपश्चिम अगाडि, कुल प्रगति २१.३ प्रतिशत

विज्ञापन
Advertisement

असार । देशभर मनसुन सक्रिय भएसँगै धान रोपाइँ कार्यमा तीव्रता आउन थालेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १५ सम्म देशभर कुल सम्भावित क्षेत्रफलको २१.३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार यो अघिल्लो वर्ष सोही मितिमा भएको २०.३ प्रतिशत रोपाइँको तुलनामा केही प्रगति हो।

विज्ञापन
Advertisement
Advertisement

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिएको छ। त्यहाँ कुल रोपाइँ हुने क्षेत्रफलको ५४.२ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ। कर्णाली प्रदेशमा ४७.५ प्रतिशत, लुम्बिनीमा २२.८ प्रतिशत, गण्डकीमा २१.९ प्रतिशत, बागमतीमा १९.६ प्रतिशत, कोशीमा १३.७ प्रतिशत र मधेश प्रदेशमा ८.२ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। सोमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ। पश्चिमका प्रदेशहरूमा समयमै मनसुन सुरु भएको र पर्याप्त वर्षा भएको कारण रोपाइँको गति सन्तोषजनक रहेको मन्त्रालयले जनाएको छ। अन्य प्रदेशहरूमा पनि मनसुन सक्रिय भएसँगै रोपाइँमा तीव्रता आउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit