Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्जीवन बीमा कम्पनीहरुले जेठ महिना सम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी

निर्जीवन बीमा कम्पनीहरुले जेठ महिना सम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी
विज्ञापन
Advertisement

काठमाडौं । निर्जीवन बीमा व्यवसायीहरुले चालु आर्थिक वर्ष (आव) २०८१-८२ को जेठ महिना सम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए । नेपाल बिमा प्राधिकरणले निकालेको तथ्यांक अनुसार कुल १४ ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख
रुपैयाँ आम्दानी गरेको छ ।

आम्दानी धेरै गर्ने कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले जेठ महिना सम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस वर्ष लघु बीमा कम्पनीहरुको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्यांकले देखाएको छ । लघु बीमा कम्पनीहरुले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गएको वर्षको यहि अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit