Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान

खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रममको आयोजनागरी मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम गरिएको हो । राष्ट्रिय खेलकुद सम्मानतर्फ ६ खेलाडी, एक प्रशिक्षक,एक निर्णायक र एक चिकित्सकलाई एकलाख नगदसहित सम्मान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्मानित हुने खेलाडीमा भरत सिंह महता, अपि हिमाल गाउँपालिका–६, दार्चुला, (पारा तेक्वान्दो), प्रेम बहादुर लिम्बु, पाँचखपन नगरपालिका–३, संखुवासभा, (तेक्वान्दो) बीर बहादुर महरा, कृष्णपुर नगरपालिका–९. कञ्चनपुर(तेक्वान्दो), अनुजा कुलुङ राई हल्दीबारी गाउँपालिका–३, झापा(कबट्टी) मानमती बिष्ट, भिमदत्त नगरपालिका–३ कञ्चनपुर(कवट्टी) दिपा शाही, खार्पुनाथ गाउँपालिका ५ हस्ता (फुटबल)तर्फ रहेका छन् ।

प्रशिक्षकतर्फ कविराज नेगी लामा, काठमाडौ महानगरपालिका–८ काठमाडौँ,(तेक्वान्दो), निर्णायकमा धन कुमार मैनाली, रोशी गाउँपालिका भिमखोरीः १, काभे्र (बक्सिङ), चिकित्सकमा डा.राजु डंगोल (मर्हजन)ं ललितपुर महानगरपालिका, सुनाकोठी–५, ललितपुर रहेका छन् ।

त्यस्तै खेलकुद पत्रकारिता सम्मान पुरस्कारतर्फ ५० हजार नगद र सम्मानपत्र सहित काठमाडौ महानगरपालिका–२४ का श्रीलोचन राजोपाध्यायलाई सम्मान गरिएको छ ।
त्यस्तै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्फ ९ जनालाई २५ हजार नगदसहित सम्मान गरियो ।

मन्त्री चौधरीले सम्मानित एवम् पुरस्कृत हुनेहरुको योगदान एवम् क्रियाशीलताबाट खेल क्षेत्रका अन्य व्यक्ति एवम् नागरिकमा सकारात्मक प्रभाव संचार भई मुलुकको अन्तर्राष्ट्रिय पहिचान सुदृद्ध गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit