Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार
विज्ञापन
Advertisement

महेन्द्रनगर।बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गरे ।१० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दाबढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।

महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषिविज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतीसमेत गएिका थिए ।

यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थियो । मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्रीवितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिए ।

तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवद्र्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit