Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पार्टी र राजनीतिमाथि लामो समयबाट कन्ट्रोल भयो, देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

पार्टी र राजनीतिमाथि लामो समयबाट कन्ट्रोल भयो, देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको टिप्पणी गरेका छन् । उनले लामो समयदेखि सक्रिय राजनीतिमा रहेका मुख्य तीन नेताले राजनीतिबाट सन्यास लिनुपर्नेमा जोड दिए ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाली राजनीतिबाट सन्यास लिन्छौं’ भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए ।

उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थें ।’

उनले तीन नेताका कारण नेपालको राजनीति डेलिभरी गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै तीनै नेताले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । ‘अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरुप्रति । उहाँहरुले नेपालमा ठूलो योगदान गर्नुभएको छ । तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ,’ महामन्त्री थापाले भने ।

त्यस्तै उनले नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै राजनीति फोहोर जमेको पोखरी जस्तो भएको टिप्पणी गरे । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दा समेत उही पूराना देशको सबैभन्दा ठूलो नेताका रुपमा रहेको भन्दै उनले आपत्ति जनाए ।

पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्ल्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ । यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ । यस्तो लोकतन्त्रमा काँही हुँदैन,’ उनले भने, ‘म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठूलो नेता शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड नै थिए । म अहिले ५० वर्ष हुन लाग्दा समेत उहाँहरु नै हुने कुरा सुहाएन, लोकतन्त्रमा यस्तो हुँदैन् । पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ । यो नबदलेसम्म हुँदैन् ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit