images images
images images
images
images
images

निर्धारित समयमै रङ्गशाला निर्माण पूरा हुनुपर्छ : प्रचण्ड

images

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका हुन् ।

आज रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्ने बताएका हुन् । नयाँ बन्ने रङ्गशालाबाट क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास उनको छ । उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रङ्गशालाको प्रगति बारेमा जानकारी गराएका थिए ।

images

रङ्गशालाको हालसम्म ३० प्रतिशत भौतिक भएको छ । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माणाधीन छ ।

रङ्गशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ। रङ्गशालाको निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ रहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्