Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ, अब घरबाटै बीमा प्रस्ताव पेश गर्न सकिने

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ, अब घरबाटै बीमा प्रस्ताव पेश गर्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ एजेन्सी मेनेजरहरूलाई कम्पनीको सफ्टवेयर सिस्टममा सिधै पहुँच दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरूलाई ‘अण्डरराइटर’ को एक हिस्साका रूपमा अघि बढाउँदै अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाइएको हो।  अब एजेन्सी मेनेजरहरूले कम्पनीको कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। उनीहरूले आफ्नै घर वा कार्यालयमा बसेर कम्पनीको ‘एजेन्सी पोर्टल’ प्रयोग गरी बीमा प्रस्तावहरू स्वीकृतिका लागि पेश गर्न सक्नेछन्।

कम्पनीका अनुसार एजेन्सी मेनेजरहरूले बीमा प्रस्तावका लागि तोकिएका आवश्यक कागजात र विवरणहरू पोर्टलमा अपलोड गरेपछि कम्पनीले अनलाइन माध्यमबाटै अन्डरराइटिङ गर्ने सुविधा पाउँछन् । आवश्यक प्रक्रिया पूरा भएपछि बीमा प्रस्ताव तुरुन्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ।

यसले बीमा पोलिसी जारी गर्ने प्रक्रियामा लाग्ने समय बचत हुने, भौतिक उपस्थितिको झन्झट नरहने र डिजिटल माध्यमबाटै काम हुने तथा मेनेजरहरूले पोर्टलबाटै आफ्नो व्यवसाय सम्बन्धी विस्तृत रिपोर्ट र विवरणहरू हेर्न सक्ने सुविधा उपलब्ध गराउने छ ।

हिमालयन लाइफले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने र एजेन्सी सञ्जाललाई डिजिटल रूपमा बलियो बनाउने लक्ष्य राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit