Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका उल्लंघन गर्ने ३ ब्रोकरलाई बोर्डले तिरायो १ करोड १० लाख जरिवाना

सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका उल्लंघन गर्ने ३ ब्रोकरलाई बोर्डले तिरायो १ करोड १० लाख जरिवाना
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै तीनवटा शेयर ब्रोकर कम्पनीहरूलाई नगद जरिवानासहित कारबाही गरेको छ। बोर्डले ती कम्पनीहरूलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कुन ब्रोकरलाई कति जरिवाना ?
बोर्डले सिप्ला सेक्युरिटिजलाई सबैभन्दा बढी ५० लाख रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई समान ३० लाख रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ ।

सेवोनले किन गर्यो कारबाही ?

बोर्डका अनुसार यी ब्रोकरहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को विभिन्न दफाहरू उल्लंघन गरेका छन् । विशेषगरी, ऐनको दफा ७ ‘क’ को उपदफा (४) को खण्ड (घ) र दफा ७ ‘ग’ को व्यवस्था पालना नगरेकोले कारबाही गरेको जनाएको छ। लगानीकर्ता दिपेन्द्र अग्रवालको कारोबारमाथि बोर्डले गरेको छानबिनका क्रममा यी ब्रोकरहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना नगरी कारोबारमा सघाएको पाइएकोले कारबाहीमा परेका हुन्।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने र बजारमा स्वच्छ कारोबार सुनिश्चित गर्ने उद्देश्यले यो कारबाही गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit