Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विदेशमा रहेका नेपालीलाई एकद्वार बैंकिङ सेवा दिन ग्लोबल आइएमईको‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

विदेशमा रहेका नेपालीलाई एकद्वार बैंकिङ सेवा दिन ग्लोबल आइएमईको‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
विज्ञापन
Advertisement

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

विदेशमा रहेका नेपालीहरूलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन् । नेपालमै पहिलो पटक सुरु गरिएको यस प्रकारको समर्पित विभागले बैंकको अन्तर्राष्ट्रिय उपस्थिति र प्रविधिलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई विशेष प्राथमिकताका साथ सेवा दिने बैंकले जनाएको छ।

विभागबाट के–के पाइन्छ सेवा ?

यस विभागमार्फत विदेशमा रहेका नेपालीहरूले भौतिक रूपमा उपस्थित नभई सजिलै बैंक खाता खोल्ने सुविधा पाउनेछन् । यस्तै, कर्जा सेवा पनि पाउने छन् । नेपालमा लगानी वा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपालीले कर्जा सुविधा पाउँछन् । साथै, सुरक्षित र द्रुत आर्थिक कारोबारका लागि ‘ट्रान्जेक्सन बैंकिङ’ सेवाका साथै शेयर बजारमा लगानी व्यवस्थापनसम्बन्धी सेवा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार भविष्यमा २४ सै घण्टा सेवा दिने गरी विभिन्न देशमा सहायता कक्षको विस्तार गरिने छ।

काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने यस विभागसँग विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष फोन, इमेल, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गरी सेवा लिन सक्नेछन्। बैंकले यसका लागि छुट्टै हटलाइन नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ।

उद्घाटनका क्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा सुरक्षित रुपमा लगानी गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘यो विभागले विदेशमा बस्ने नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्न र उहाँहरूको सपना तथा लगानीलाई स्वदेशमा सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। नेपालीहरू जहाँ भए पनि सहज र पारदर्शी बैंकिङ सेवा पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो’ ढकालले भने ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले रेमिट्यान्स सेवाको दायरा फराकिलो बनाउँदै अब विदेशमै बसेर नेपालमा लगानी गर्न र दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्न यो पहल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

सन् २००७ मा स्थापित यो बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले हाल १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ भने बेलायत, अष्ट्रेलिया र भारतमा समेत आफ्ना प्रतिनिधि कार्यालयहरू सेवा दिँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit