Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

चेक बाउन्स हुनासाथ कालोसूचीमा राख्ने व्यवस्थाबारे अध्ययन भइरहेको छ : गभर्नर पौडेल

चेक बाउन्स हुनासाथ कालोसूचीमा राख्ने व्यवस्थाबारे अध्ययन भइरहेको छ : गभर्नर पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबारका क्रममा कालोसूचीमा पर्ने विद्यमान प्रावधानबारे बैंकले अध्ययन गरिरहेको बताएका छन् । आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालको व्यवस्थामा सुधार गरी कालोसूचीमा पर्नेहरूको संख्या घटाउने लक्ष्य राखिएको उल्लेख गरे ।

विज्ञापन
Advertisement
Advertisement

गभर्नर पौडेलका अनुसार विशेषगरी चेक बाउन्स हुनासाथ सिधै कालोसूचीमा राख्ने प्रक्रिया र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समस्यामा परेकाहरूको विषयमा सूक्ष्म अध्ययन भइरहेको छ। ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ पौडेलले भने ।

गभर्नर पौडेलले व्यवसायीहरूलाई मात्र दोष दिएर वा धेरै कडाइ गरेर मुलुकको विकास नहुने धारणा राख्दै बैंकबाट ऋण लिएकालाई कालोसूचीमा राख्नै पर्ने र नराख्नुपर्नेको विषयमा अध्ययन भैरहेको जानकारी दिए। ‘‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ,’ पौडेलले भने, ‘‘कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौं।’

फरक प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गिकार गर्दै आइरहेको बताए । उनले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकता दिएको बताए । ‘‘भाविष्यमा पनि सूचना प्रविधि उद्योगहरु धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौँ,’ गर्भनरले भने, ‘‘हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौँ।’

गर्भनर पौडेलले स्थानीय व्यवसायीहरुले पनि समय अनुसार डिजिटल रुपमा आफ्नो उद्यम व्यवसायलाई सञ्चालन गर्न सचेत रहनुपर्नेमा जोड दिए । ‘‘अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन् । त्यसैले अब उद्यमी तथा व्यवसायले नयाँतर्फ पनि आफूलाई परिवर्तन गर्दै लैजान जरुरी भइसकेको छ,’ उनले भने, ‘समयानुकूल आफ्नो व्यवसायको डिजिटल रणनीति तयार पारेर अघि बढ्नुपर्ने बेला भइसकेको छ। पक्कै पनि यहाँहरुले सोतर्फ ध्यान दिइरहनुभएकै होला।’

यस्तै उनले नेपालका आइटी कम्पनीलाई विदेशीमुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको दाबी गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit