images images images
images images images
images
images
images

बीवाईडीले सार्वजनिक गर्‍यो एट्टो–२, नबिल बैंकमार्फत गाडी खरिद गर्नेलाई ७ वर्षसम्म स्थिर ब्याजदरमा ऋण सुविधा

images

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२५ मा नयाँ कम्प्याक्ट एसयुभी एट्टो–२ सार्वजनिक गरेको छ ।

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले एट्टो–२ नेपाली बजारमा सार्वजनिक गरेको हो । बीवाइडी सार्वजनिकपछि प्रबन्ध निर्देशक यमुना श्रेष्ठले एट्टो–२ कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको जानकारी दिइन ।

images
images

कम्पनीले यस गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

एट्टो–२ मा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यो बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको हो । यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ। कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३१२ किलोमिटरको रेन्ज दिन्छ । एट्टो–२ मा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री राखिएको छ।

नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर दिएको छ । ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएकोमा शोमार्फत खरिद गर्नेले थप दुई वर्षको वारेन्टी पाउनेछन्।

नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । अटो शोमा बिवाइडीले एट्टो–२ सँगै सिल र एटो वान (डल्फिन) का मोडल पनि प्रदर्शनमा राखेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्