Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

छब्बिस घरविहीन परिवारले पाए नयाँ घर

छब्बिस घरविहीन परिवारले पाए नयाँ घर
विज्ञापन
Advertisement

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि घर बनाइ दिएको छ । सुकुम्बासी, विपद्बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेको ३६ परिवारका लागि नगरपालिकाले घर बनाइ दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

तेह्र परिवार सुकुम्वासी, विपद्बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका ४१ परिवारको घर बनाउने योजनाअन्तर्गत हालसम्म ३६ घर निर्माण गरेर हस्तान्तरण गरेको हो । नगरपालिकाले १० वटै वडाका घरविहीनका लागि घर बनाइ दिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिएका छन् ।

घरविहीनहरूको घर निर्माणका लागि तीन लाख रुपैयाँ, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई दुई लाख ५० रुपैयाँ र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएर काम गर्दै आएको उनको भनाइ छ । नगरपालिकाले सुकुम्बासी परिवारलाई भने जग्गा खरिद गरी घर बनाइ दिएको शर्मा बताउछन् ।

‘हामी निर्वाचित भएर आउनुपूर्वनै घरविहीन परिवारलाई घर बनाइ दिने योजना अगाडि बढेको थियो, त्यस बेला पनि घरविहीन परिवारको तथ्याङ्क सङ्कलन लगायतका काम भएका थिए’, उपप्रमुख शर्माले भने, ‘हामी आइसकेपछि सुकुम्बासी परिवारहरूलाई सुरुमा जग्गा व्यवस्थापन गरे घर बनाउने काम ग¥यो, अहिले अन्य घरविहीनहरूको घर बनायौँ ।’

तीन पुस्तासम्म घर नभएकाहरूलाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको थियो भने विपद् र आर्थिक अभावका कारण पुनर्निर्माण गर्न नसकि अरुको घरमा आश्रय लिएकाहरूलाई दोस्रो चरणमा आवस बनाइ दिएको हो । नगरपालिकाले घर बनाइ दिएपछि अन्यत्र आश्रय लिन नपरेको वडा नम्बर ४ की देउरूपा सार्कीले बताएका छन् । अरुको घरमा बस्दा धेरै समस्या हुने गरेको उनको भनाइ छ ।

सार्कीले भने, ‘हामी लामो समय अरुको घरमा बस्यौँ, अरुको घरमा बस्दा आफ्नोजस्तो त कहाँ हुन्छ र ? विभिन्न समस्याहरू आए, तर अहिले नगरपालिकाले घर बनाइ दिएपछि आफ्नै घरमा बस्न आएका छौँ, सरकारले हाम्रो समस्या बुझ्यो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit